• ट्रेण्डिङ :

रौतहटमा गोली चल्यो, एक जनाकाे हत्या

रौतहटमा गोली चल्यो, एक जनाकाे हत्या

cnewsnepal

बुधबार, भाद्र ३ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


३ भाद्र काठमाडौं । रौतहटमा अज्ञात समूहले चलाएको गोली लागेर एकजना पुजारीको मृत्यु भएको छ ।

 ईलाका  प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी ज्ञानकुमार महताेले राेतहटकाे माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको गोली प्रहारबाट मृत्यु भएको पुष्टि गरे ।

डिएसपी महताेका अनुसार , पुजारीले खाना खाइरहेका बेला राति करिब ९ बजेको समयमा अज्ञात समूहले कन्चटमा गोली हानी हत्या गरि फरार रहेका छन् घटनामा संलग्नहरूकाे खाेजी कार्य भईरहेकाे छ ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय गडुवालका प्रहरीहरू तैनाथ रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार