५ महिनादेखि ९ वर्षीया बालिकालाई यौन शोषण गरेकाे आराेपमा भूतपूर्व भारतीय सैनिक पक्राउ

१५ भाद्र काठमाडौँ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भूतपूर्व भारतीय सैनिक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय रेश बहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्याङ्जा बिरुवा गाउँपालिका–७ घर भई हाल कास्की पोखरा महानगरपालिका मिलनचोक गुरुङलाई सोमबार पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए ।
लुकिछिपी बसेका गुरुङले विगत ४–५ महिनादेखि बालिकालाई ललाईफकाई यौन शोषण गरेको अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले बताए ।
गुरुङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।