• ट्रेण्डिङ :

“अपरेशन यार्सागुम्बा” लुटपाटमा संलग्न गिरोह पक्राउ

“अपरेशन यार्सागुम्बा” लुटपाटमा संलग्न गिरोह पक्राउ

cnewsnepal

आइतबार, साउन ३१ २०७८
पढ्न लाग्ने समय: < ३ मिनेट


३१ साउन, काठमाडौं । प्रहरीले “अपरेशन यार्सागुम्बा”  सञ्चालन गरि   म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा बानेश्वरको टोलीले मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित ७ जना लुटेराको समूहलाई पक्राउ गरेको एसपी कृष्ण पंगेनीले बताए ।

उनका अनुसार खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरुले लुटेको भन्दै प्रहरी समक्ष उजुरी परेको थियो ।

जाहेरीमाथि अनुसन्धानका क्रममा पक्राउ परेकाको साथबाट ७ किलो ७ सय ४० ग्राम अवैध यार्सागुम्बा बरामद भएको छ ।

घटना विवरण :-

जिल्ला सिन्धुपाल्चोक बारबिसे नगरपालिका वडा नं. ३ घर भई हाल का.जि. बौद्द बस्ने दिपक लामा, जिल्ला सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नं. ६ घर भई हाल का.जि. स्वयम्भू बस्ने सुरेश सापकोटालाई १ किलो यार्सा गुम्वा रु. २८,००,०००।– मा खरिद गर्छु भनी गणेश शाहीले फोन गरेका थिए ।  गणेश शाहीले सुरेश सापकोटालाई १ किलो यार्सा गुम्वा  खरिद गर्छु भने पछि काठमाण्डौंको नयाँ बसपार्क मित्रनगरमा रहेको होटेलमा बोलाई सुरेश सापकोटा र दिपक लामाले बिक्री गर्नको लागी झोलामा लिई गएको १ किलो यार्सा गुम्बा ६/७ जना अपरिचित व्यक्तिहरुको समुहले डर, धाक, धम्की दिई लुटि लगी फरार भएको भने सुचना प्रहरी सामुह पुग्दछ ।

घटनाको सम्बन्धमा यस महाशाखाबाट खटिएको अनुसन्धान टोलिले मिति २०७८।०४।३० गते उक्त घटनामा संलग्न मूख्य योजनाकार तथा मतियारहरुलाई समेत काठमाण्डौंको बिभिन्न स्थानहरुबाट पक्राउ गरी १,५३,०००।– नगद तथा उक्त यार्सा गुम्बाको कारोवारमा संलग्न मोहम्मद अलिको छोरा मोहम्मद ईसाकलाई समेत ७ के.जी. ४४० ग्राम यार्सा गुम्बा सहित पक्राउ गरी थप अनुसन्धान कार्य गरिरहेको छ ।

 

घटना निम्न ब्यक्तिहरु पक्राउ :-
१. नामथरः- धर्म ओखेडा (मूख्य योजनाकार)
ठेगानाः- जिल्ला बझाङ मष्ट गा.पा.-५
हाल भक्तपुर सुर्यबिनायक कटुन्जे
उमेर ;- ३४ बर्ष
२ नामथरः- मनोज कुमार श्रेष्ठ (म्यानपावर व्यबस्थापन)
ठेगाना :- जिल्ला दोलखा बैतेश्वर गा.पा. वडा नं. २
हाल काजि ठमेल बस्ने
उमेरः- ३२ बर्ष
३. नामथर;- दिपक थापामगर (म्यानपावर परिचालन)
ठेगानाः- जिल्ला रामेछाप दोरम्वा गा.पा. वडा नं. ४
हाल काजि नयाँबजार बस्ने
उमेर :-२७ बर्ष
४. नामथरः- बिशाल लामा (मेनपावर ब्यवस्थापन)
ठेगानाः- जिल्ला काभ्रे पाँचखाल न.पा. वडा न. १२
हाल काजि नयाँबजार बस्ने
उमेरः- २७ बर्ष
५. नामथरः- योङदेन लामा
ठेगानाः- जिल्ला काभ्रे तिमाल गा.पा. वडा नं. ४
हाल काजि नयाँबजार बस्ने
उमेरः २३ बर्ष
६. नामथर – रोशन श्रेष्ठ
ठेगानाः- जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. २
हाल भक्तपुर सानोठिमि बस्ने
उमेर – २२ बर्ष
७. नामथर – मोहम्मद ईसाक
ठेगानाः- भारत कास्मिर आबुपाकर
हाल काजि कामनपा- १७ खुसिबु नयाँबजार बस्ने
उमेर :- ३७ बर्ष
बरामदी सामानहरुः-
१. यार्सा गुम्बा ७ किलो ४४० ग्राम
२. नगद रु. १,५३,०००।–
३. मोबाईलहरु थान-८
मितिः- २०७८।०४।३१ गते ।

प्रतिक्रिया
सम्बन्धित समाचार