१४ बैशाख काठमाडौं । देब दर्शन मिडिया ग्रुप र चन्द्रागिरि चेम्बरले सञ्चालन गरेकाे चुलाे बाल्ने अभियानलाई चन्द्रागिरि दाना उद्योग प्रा.लिले खाद्यान्न सहयाेग गरेकाे छ ।
चन्द्रागिरि दाना उद्योगका सञ्चालक धर्मराज दानी र मनहरी बलामीले देवदर्शन मिडिया ग्रुपका अध्यक्ष रामनारायण घिमिरे र संस्थाका प्रर्बन्ध निर्देशक राेसन दानीलाई संयुक्तरूपमा हस्ताक्षर गरि निशुल्क ढुवानीकाे ब्यवस्था गरेकाे हाे ।

चन्द्रागिरि दाना उद्योगका सञ्चालक धर्मराज दानीले सामाजिक उत्तरदायित्व अन्तर्गत दैनिकी ज्यालादारी अतिबिपन्न,असाहाय जसकाे परिवारमा चुलाे बल्न ग्राहाे हुन्छ त्यस्तो परिवार समेक्ष पुर्याउने हेतुले देवदर्शन मिडिया ग्रुपलाई आवश्यक सामाग्री हस्तान्तरण गरिएकाे बताए ।

दाना उद्योगका सञ्चालक दानीले देवदर्शन मिडियाले त्यस्ता अति विपन्न परिवारकाे चुलाे बाल्ने काममा सहयाेग गर्दै आईरहेकाेले उक्त मिडिया सहयोग प्रदान गरिएकाे उनकाे भनाई छ ।

चन्द्रागिरि दाना उद्योगका अर्का सञ्चालक मनहरी बलामीले आफ्नाे उद्योगकाे तर्फबाट, ३० केजीको ९ बाेरा चामल,२५ केजी मुसुराेकाे दाल,अण्डा ४ बाक्सा,नुन ३० केजी,तेल १ बाक्सा,२० केजी चिउरा एक बाेरा प्रदान गरिएकाे बताए ।
उद्योगले लकडाउनकाे समयमा काेहि व्यवसायीहरूलाई दाना आवश्यक परेममा घरघरमा दाना पुर्याउने ब्यवस्था गरिएकाे सञ्चालक दाेयले बताए । उक्त दाना उद्योगवाट लेर्यस जातका कुखुरा र गाईबस्तुलाई आवश्यक पर्ने दाना निरन्तर उत्पादन भईरहेकाे उद्योगले जनाएको छ ।
दाना उद्योगले आवश्यक दाना आबश्यककाे लागि ९८५१०३७४१३ मा सम्पर्क समेत गर्न अनुराेध गरेकाे छ ।
गाैशालाको ट्राफिक व्यवस्थापन चुस्त बनाउन दिन-रात खटिँदै इन्स्पेक्टर बिरेन्द्र रायमाझी: विद्यार्थी र चालक लक्षित सचेतना अभियान तीव्र