१५ भाद्र पाेखरा । प्रहरीले पोखराबाट ६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी भरतपोखरीबाट खटिएको टोलीले आइतबार राति १० बजे गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा तनहुँ सुक्लागण्डकी-१२ घर भई पोखरा-१७ बिरौटा बस्ने २३ वर्षीय सन्जोक विक र २० वर्षीय शिलाष विक छन्। उनीहरूलाई पोखरा-३३ भरतपोखरीबाट पक्राउ गरिएको हो।
ग९प ६०२८ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनीहरूको साथबाट लागुऔषध तौलिने उपकरणसमेत बरामद भएको हमालले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार