• ट्रेण्डिङ :

पोखराबाट ६ किलो गाँजासहित दुई जनालाई पक्राउ

पोखराबाट ६ किलो गाँजासहित दुई जनालाई पक्राउ

cnewsnepal

सोमबार, भाद्र १५ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


१५ भाद्र  पाेखरा ।   प्रहरीले पोखराबाट ६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी भरतपोखरीबाट खटिएको टोलीले आइतबार राति १० बजे गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा तनहुँ सुक्लागण्डकी-१२ घर भई पोखरा-१७ बिरौटा बस्ने २३ वर्षीय सन्जोक विक र २० वर्षीय शिलाष विक छन्। उनीहरूलाई पोखरा-३३ भरतपोखरीबाट पक्राउ गरिएको हो।

ग९प ६०२८ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनीहरूको साथबाट लागुऔषध तौलिने उपकरणसमेत बरामद भएको हमालले बताए ।

← Back

Thank you for your response. ✨

प्रतिक्रिया
सम्बन्धित समाचार