काठमाडौँ- मधेशमा चिसो धमाधम ओरालो लाग्दैछ, बिस्तारै तापक्रम उकालो लाग्दैछ । अचेल मधेशमा तापक्रम बढेसँगै बिहानैदेखि बजार र सडकमा मानिसहरूको चहलपहल सुरु भएको छ । सडक, बाटो र बारीमा मानिसहरूको ओहोरदोहोर बढ्न थालिसकेको छ । आँखाले देख्न सकिने पर-परका खेतबारीमा मानिसहरू देखिन थालेका छन् ।
रौतहटको वृन्दावन नगरपालिका-१ को फ्रेसकेटीएम फार्मका कामदारलाई बिहानैदेखि कामको चटारोले छोएको छ । सबै जना फार्ममा आफ्नै जिम्मेवारी पूरा गर्न तल्लिन देखिन्छन् ।
फार्ममा रहेका कामदार खेतमा माटो तयार पार्दैछन् । केही सहयोगी हाँस, कुखुरा र गाईभैंसीहरूको हेरचाह गर्दैछन् । कोही फार्ममा फलेका तरकारी टिप्न व्यस्त देखिन्थे । कसैलाई स्थानीय बजारमा पुर्याउन हतारो भएको जस्तो लाग्थ्यो । फार्मकै गाडीमा तरकारी हालिरहेका छन् ।
सबै आ-आफ्नै काममा व्यस्त रहँदा रातो वर्णका मझौला कदका एक युवकको प्रवेश हुन्छ, श्याम तामाङ । जसले फार्ममा सुपरभिजनको काम पाएका छन् ।
बिहानैदेखि फार्ममा रहेका सबै साथीहरूलाई काम लगाउनु र बारीमा भएका तरकारीहरूको हेरचाह गर्नु उनको पहिलो जिम्मेवारीमा पर्छ । सय बिघामा लगाइएका तरकारीको हेरचाह मात्र नभइ फार्ममा रहेका अन्य कर्मचारीको काम पनि श्यामले हेर्छन् ।
सिन्धुपाल्चोक मेलम्ची- ४ का श्यामले प्राथमिक शिक्षा गाउँबाटै हासिल गरे । स्थानीय विद्यालयमा आफूलाई पुग्ने ज्ञान र विद्या आर्जन गरिसकेको उनको तर्क छ । प्राथमिक शिक्षा मात्र पूरा गरे पनि अध्ययनको कमी भएको महसुस उनले गरेनन् ।
जसले पढेरभन्दा गरेर जाने
मध्यम वर्गीय परिवारमा हुर्किएका उनी आफूलाई काम गर्न रुचाउने र मेहनतीमै गणना गर्छन् । उनी भन्छन्, ‘घर-परिवारका अन्य सदस्यले काम र दुःख नगर । सकेको हामी सहयोग गर्छौ भन्छन् । मनले मान्दैन । सकेसम्म आफैँ काम गरेर खान मन छ ।’
जापानमा रहेका भाइ-बहिनीले श्यामलाई काम गर्नुपर्दैन भन्छन् । आफ्नो पाखुरा चलेसम्म काम गरेर खानुपर्छ भन्ने भनाइलाई आत्मसाथ गरेकाले उनी परिश्रम गर्नबाट कहिल्यै टाढा हुँदैनन् ।
श्याम बिहान ६ बजेदेखि साँझ साढे ६ बजेसम्म फार्ममा व्यस्त रहन्छन् । दिन लामो हुँदै गएपछि कोहीबेला साढे ९ बजेसम्म फार्ममा व्यस्त रहने उनले सुनाए ।
‘काम गर्न सहज छ । आफूले गरेको भिन्न पेशाभन्दा फरक काम गरिरहेकाले नौलो अनुभव प्राप्त गरिरहेको छु,’ उनले भने । यसभन्दा अघि उनी काठमाडौँमै सवारी चालक थिए ।
तीन वर्षसम्म सवारी चालकको उनीसँग अनुभव छ । अहिले भने फार्ममा उनको दैनिकी बितिरहेको छ । जहाँ उनी चालक होइन सुपरभाइजर छन् । उनले फार्ममा काम गरेको एक वर्ष भयो । उनको मातहतमा ७० जना कर्मचारी र दैनिक ज्यालादारी ३० जना छन् ।
श्यामले झण्डै सात वर्षको विदेश बसाइलाई बिट मारेर गाडी लिएर दुई वर्ष चलाए । उनी कामलाई सानो- ठूलो भनी विभेद गर्दैनन् । खल्तीमा लाइसेन्स बोक्ने यतिखेर श्याम मेलामा धानको भारी बोकेर बसेका छन् । जहाँ प्रकृति र प्राणीसँग मात्रै रमाएका छैनन् दैनिक माटोसँग पैंठेजोरी खेल्छन् ।
उनी फ्रेसकेटीएममा ड्राइभिङ गर्थे । गाडी चलाउन आएका उनले सीप र क्षमताले गर्दा आफूलाई भीडभन्दा फरक उभ्याएका छन् । सिक्न आएका उनी अहिले भने अरुलाई सिकाउन थालेका छन् ।
सय जनाको कामदारको नेतृत्त्व
सय जना कामदारलाई काममा अह्राउने जिम्मा श्यामको छ । सबैले काम गरेको र नगरेको रेखदेख आफूले गर्ने गरेको उनी बताउँछन् । श्यामले अवसर पाए । सजिलो काम त्यागेर नयाँ र नौलो ज्ञान सिक्न रौटहटको गर्मीलाई पछ्याउँदै पुगे । उनलाई गाडीमा बसेर काम गर्नु सजिलो थियो । नयाँ कुरा सिक्न र फरक भूगोलमा जीवनयापन गर्न चाहने रुचीले उनलाई फार्मले तान्यो ।
‘मेहनती र इमान्दारी भएकाले यो ठाउँमा पुगेको छु,’ ३६ वर्षीय श्याम भन्छन्,’ इमान्दार भएर सिधा बाटोमा हिँड्ने आफ्नो जिम्मेवार पूरा गर्ने हो मानिसले आफ्नो लक्ष्य हासिल गर्छन् । समस्यासँगै समाधान पनि आउँछ । समस्या पर्यो भनेर आँत्तिन हुँदैन ।’
उनले खेतीपाती, मलखाद व्यवस्थापन, पशुपालन र सिंचाइ प्रणाली सिके । सप्लाई चेन व्यवस्थापन, गोदाम र ढुवानी नियन्त्रण गर्ने जिम्मेवारी पाए । पढेर पाएको शिक्षाभन्दा व्यवहारिक शिक्षा उनले महत्त्वपूर्ण ठाने । यो सबैको परिणाम भनेको निरन्तर लगाव, इमान्दार तथा विश्वास रहेको उनी मान्छन् ।
अहिलेको समयमा मानिस प्रविधिसँग अपडेट हुनुपर्छ । परिवर्तनसँगै मानिसको जीवनमा नयाँ-नयाँ अवसर आउने गर्छ । श्यामले पनि प्रविधिका बाटोलाई पछ्याएर आफूलाई सजिलो बनाएको ठान्छन् ।
त्यसैको फलस्वरुप उनले आधुनिक कृषि फार्ममा सम्पूर्ण जिम्मेवारी पाएका छन् । सडकको अनुभवबाट एक्कासी कृषि फार्ममा पुग्नु वास्तविक जीवन सिकाइको पाठशाला रहेछ,’ उनले उत्साहित हुँदै भने,’ नदेखिएका हरेक कुराको आफ्नै अस्तित्व रहेको र यहाँ आएपछि त्यस्ता विषयको महत्त्व बुझेको छु ।’
संकलन केन्द्रमा उनले कामको वर्गीकरण बुझे । हरेक कामको महत्त्व हुन्छ । फार्ममा अझ बढी वर्गीकरण हुने रहेछ । उनले तरकारी वर्गीकरण, प्याकेजिङ र वस्तुको गुणस्तरका काम सिके । कसरी यहाँका वस्तुहरू बजारसम्म पुर्याउँने र बजारलाई फार्ममा ल्याउने त्यो महसुस गरे ।
श्याम परिवारका जेठा छोरा हुन् । सानैमा जिम्मेवारीको बोझ उनको काँधमा आयो । उनले देश छाडे इराक र मलेसियालाई कर्मभूमी बनाइसकेका छन् । झण्डै सात वर्ष विदेशमा बिताएका उनले अब भने काम पाएसम्म नेपाल नछाड्ने योजना बनाएका छन् ।
समय-समयमा परिवार भेट्न काठमाडौँ आइरहन्छन् । तर कोहीबेला भने परिवारका सदस्य पनि उतै जान्छन् । उनका एक छोरा र छोरी छन् । एकदिन श्याम भएको ठाउँमा छोरी पुगिन् । उनले बुबालाई पहिलोचोटि नेतृत्वको भूमिकामा देखिन्। उनले भावुक हुँदै भने,’ छोरीले बुबालाई सम्मान गरेको देखिन् । अरुले सर भनेर बोलाएको सुन्दा अचम्म मानिन् । पुनः छोरीको भनाइ उद्दत गर्दै उनले सुनाए,’पापा, मैले कहिल्यै सोचेको थिइनँ कि तपाईं नेता हुनुहुन्छ ।’
विदेश भनेको जोखिमको यात्रा
पोर्चुगल जान अप्लाइ गरे पनि त्यसलाई रद्ध गरिसकेको