• ट्रेण्डिङ :

“बिध्यार्थी र राजनितिको अन्तर सम्बन्ध”

“बिध्यार्थी र राजनितिको अन्तर सम्बन्ध”

cnewsnepal

बिहिबार, भाद्र १० २०७८
पढ्न लाग्ने समय: < ५ मिनेट


 इ. पूर्ण कु. तण्डुकार । शिक्षा राज्यको अभिन्न अंग हो । शिक्षा विनाको जीवन अपुरो, अधुरो, अप्ठ्यारो हुन्छ । औपचारिक रुपमा होस अथवा अनौपचारिक रुपमा शिक्षा मानवीय जीवनमा अनिवार्य बनाएकोमा दुई मत छैन ।

विद्यमान शोषण प्रधान समाजमा भएको अन्याय, अत्याचार, समान्ति पुंजीवादी कुरीति तथा कुसंस्कारका विरुद्धको संघर्षलाई सचेत ढंगले अगाडि बढाउन, सामन्ती तथा पुंजिवादी शोषणलाई अन्त्य गर्न मानवीय जीवनमा शिक्षाको महत्व रहेको छ । जीवनलाई सरल, सुखि, उपयोगी बनाउन शिक्षाको महत्वपूर्ण भुमिका हुन्छ । हाम्रो समाज वर्ग विभाजित समाज हो ।

यहा“ हुंदा“ खाने र हुने खानेहरु विचको संघर्ष नै मुख्य संघर्ष हो । निश्चित रुपमा शिक्षा पनि हाम्रो समाजमा हुदा“ खाने र हुने खानेहरुको विचमा शिक्षा प्राप्त गर्ने सवालमा गहिरो खाडल रहेको छ । शिक्षा र राजनीतिविचको अन्तरसम्बन्ध र अन्तरनिर्भरता अन्योन्याश्रित रहेको हुन्छ । यो समाजमा विद्यार्थीहरुले राजनीति गर्नु हुदैंन भन्ने परम्परावादी सामन्ती चिन्तन रहेको छ । तर वास्तविकता यो हो कि राजनीति विद्याथीहरुले नै गर्नु पर्दछ किनकी समाज रुपान्तरणका वाहक शक्ति भनेका राजनीतिक चेतनाले लैस भएको युवा विद्यार्थीहरु नै हुन । शिक्षामा समानता, स्वतन्त्रता,आधुनिकता तथा व्यवहारीक जस्ता कुरा केवल कागजमा मात्र सिमित छन ।

शिक्षा हुने खानेहरुको मात्र पेवा बन्दै गैइरहेको छ । विद्यमान शिक्षा प्रणाली केवल वेरोजगार उत्पादन गर्ने क्षेत्रको रुपमा विकास भएको छ । दक्ष जनशक्तिको निर्माण गर्नु पर्ने शिक्षा क्षेत्र उत्पादन प्रणालीसंग असम्वन्धित रहेको छ ।शिक्षाले श्रमलाई सम्मान गर्न सिकाउनुको सट्टा घृणा गर्न उत्प्रेरित गरेको छ । जव सम्म राष्ट्रका नागरिकहरु राजनीतिक चेतनाले लैस हुदैनन् तव सम्म यसप्रकारका समस्याहरु रहिरहन्छन । त्यसकारण विद्यार्थी जीवनलाई समाज रुपान्तरणको लागि प्रयोग गर्दै विद्यमान समान्ती संरचना भित्रको वुर्जुवा शिक्षालाई नष्ट गर्दै उत्पादन प्रणालीसंग जोडिएको, मानीसको दैनकि जिवन पद्दतीसंग मेल खाने वैज्ञानीक तथा व्यवहारीक शिक्षा आजको अनिवार्य आवश्यकता हो ।

सभ्य समाजको निर्माण गर्ने कार्य वास्तवमा युवा विद्याथीहरुले नै गर्नु पर्दछ । युवा विद्याथीहरुलाई राजनीतिबाट अलग गर्न खोज्ने वुर्जुवाहरुलाई प्रगतिशिल क्रान्तिकारी राजनीतिले नै पराजित गर्न सकिन्छ । समाज परिवर्तन गर्ने तागत र क्षमता युवाहरुसंग भएकोले युवा विद्यार्थीहरुलाई राजनीतिक प्रशिक्षण तथा अध्यन अनिवार्य हुन्छ । हाम्रो समाजमा प्रगतिशिल आन्दोलनलाई उचाईमा पुर्याउनु, गलत चिजको भण्डाफोर गर्नु, मानवीय जीवनको सुनौले व्यवस्था साम्यवादी समाजको स्थापनाकोलागि संघर्ष गर्नु, पुजिवादी तथा सामन्तवादी शोषणको जालोलाई उखेलेर फाल्नु हामी युवा विद्यार्थीहरुको अनिवार्य कार्य हो ।

विद्यार्थी जीवनमा औपचारिक रुपमा विद्यालयहरुमा गएर सिक्नु मात्र प्रयाप्त छैन । मानिसले सबै भन्दा बढी ज्ञान आफ्नो जीवनको अनुभवबाट सिकेको हुन्छ । जुन सुकै शिक्षा आर्जन गरे पनी विद्यार्थी जीवनमा राजनीतिक संघर्षमा भाग लिन सकिएन भने त्यो जीवन अधुरो, अपुरो रहनेमा शंका रहन्न । यसरी राजनीति र शिक्षा एक अर्का सग जोडिएका सवालहरु हुन । हामीले औपचारिक शिक्षा सगसगै अनौपचारिक शिक्षाको अध्यन अनिवार्य गर्नु पर्दछ । समाजमा घट्ने घतनाहरु के कसरी घट्दछन?, समाज रुपान्तरणको बाटो के हो?, वर्तमान समान्ती समाजको अन्त्य के कसरी हुन्छ?, भन्ने कुरा बिध्यार्थिले बुझ्नु आवश्यक छ। वैज्ञानीक र व्यवहारीक जनमुखी शिक्षा विना मानवीय जीवन सरल, सुखी र उपयोगी हुन सक्दैन ।अहिले देशमा नाफाखोर निजी शिक्षण संस्थाहरुलाई सरकारले प्रोत्साहन गरेको छ । शिक्षामा निजिकरण र व्यापारीकरणले गर्दा शिक्षा किनवेचको वस्तुमा रुपान्तरण भएको छ । शिक्षा सवैको अधिकार हो भन्ने मुल्य र मान्यताका विरुद्ध शिक्षा पैसा कमाउने साधनको रुपमा विकास भएको छ ।

देशमा खोलिएका निजी शिक्षण संस्थाले चर्को शुल्क शहित शिक्षाको टेण्डर आव्हन गरेर शिक्षामा गहिरो प्रकारको वर्ग विभाजनको रेखा कोरीरहेको छन । सरकारी विद्यालय, क्याम्पस तथा विश्वविद्यालयमा सरकारको प्रयाप्त मात्रमा ध्यान गएको छैन । शिक्षा निराशावादी, अव्यवहारीक तथा चेतना शुन्य जस्तै छ । आज शिक्षा क्षेत्रमा जुन प्रकारका समस्याहरु देखिएका छन ति समस्याहरुको समाधान समयमा नै गरिएन भने भावी पुस्तको भविष्य पनि अन्धाकारमा नै रोमलिनेछन ।

यि सबै प्रकारको समस्याहरुको समाधानको लागि सबै भन्दा पहिला युवा विद्यार्थीहरु नै राजनीतिक चेतनाले लैस हुनु पर्दछ । राजनीतिबाट भाग्न खोज्ने, राजनीतिलाई घृणा गर्ने चलन पनी विद्यार्थीहरुमा रहेको छ । विद्यार्थीहरुसग राजनीतिक चेतना अभाबकै कारण यस्तो धारणा बनाउने गरेको पाइन्छ । पुंजिबादी शिक्षाले मानिसलाई देश र समाज प्रति जिम्मेवार बनाउन भन्दा पनी व्यक्तिगत स्वार्थ तिर नै आकर्षण गर्दछ त्यो समान्ति तथा पुजीवादी व्यवस्थाको विशेषता नै हो । समाजमा देखिने विभिन्न प्रकारका व्यक्तिगत स्वार्थहरुलाई सामाजिक स्वार्थमा रुपान्तरण गर्नु पनी युवा विद्यार्थीहरुको ऐतिहासिक कार्यभार हो ।

पहिले ब्यक्ती धनी बन्नु पर्छ, हुने खाने बन्नु पर्छ भन्ने ब्यक्ती प्रधान सोचले नै बर्ग बिभाजनलाई प्रसय दिने गरेको पाइन्छ जस्ले गर्दा राज्यले नागरिकलाई प्रदान गर्नुपर्ने अत्यावश्यक र आधारभुत शिक्षामा समेत समानता, समाबेसिता र समतामुलक ब्यवहारलाई अंगाल्न सकेको छैन । त्यस्कारण पनि बिध्यार्थी प्रत्यक्ष रुपमा राजनीति संग सम्बन्ध राख्दै शिक्षा प्रणालीलाई र पहुँचलाई परिवर्तन गर्नु पर्ने देखिन्छ। यसरी समाज परिवर्तनको एउटा पाटो ( शिक्षा)मा बिध्यार्थिले प्रत्यक्ष राजनैतिक हस्तक्षेप गरि अघि बढ्नुपर्ने देखिन्छ !!

प्रतिक्रिया
सम्बन्धित समाचार