• ट्रेण्डिङ :

छठपर्वको दोस्रो दिन “खरना” मनाइँदै

छठपर्वको दोस्रो दिन “खरना” मनाइँदै

cnewsnepal

बुधबार, कार्तिक २१ २०८१
पढ्न लाग्ने समय: < ३ मिनेट


jL/uGhsf] 3l8cjf{ kf]v/Lsf] ;fh;Hhf k;f{, @# sflQs . 57 k"hfsf] cj;/df jL/uGhsf] 3l8cjf{ kf]v/L kl/;/df /x]sf] zlgb]jsf] dlGb/ /ªulj/ªuL ljh'nL aQLn] ;hfOPsf] b[Zo . jL/uGhsf] 3l8cjf{ kf]v/L kl/;/df x'g] 57 k"hf x]g{ af/f, k;f{, /f}tx6, dsjfgk'/, lrtjg, sf7df8f}F;+u} ;LdfjtL{ ef/tLo ;x/af6;d]t xhf/f}+sf] ;ªVofdf bz{gfyL{ cfpg] u/]sf 5g . t:jL/ M ljhos'df/ dxtf], /f;;

बर्दिबास । खासगरी मधेसमा मनाइने छठपर्वको दोस्रो दिन आज “खरना” विधिको तयारी चलिरहेको छ ।

पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार “नहाय–खाय” सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन “खरना” को तयारीमा लागेका हुन् ।

आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कलदेवता र छठीदेवीलाई चढाइै बर्तालुले त्यही खिर खाने छन् । यो विधिलाई “खरना” भनिन्छ ।

“खरना” का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्रदर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दुध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाई पकाइएको खिर केराको पातमा राखेर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् ।

पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिने छन् । यसलाई मिथिलामा “सझुका अरख” वा “सझियाघाट” भन्ने गरिएको छ ।

त्यसैगरी, सप्तमीका दिन बिहान बर्तालुले उदाउँदा सूर्यलाई दोश्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा “भोरका अरख” वा “पारन” भनिन्छ । अर्घ्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्ठान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ ।

छठपर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पुर्‍याउन जाने मैथिली परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।

अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकीजाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्त्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दु पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत बर्तालुलाई अर्घ्यका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन् । यसले छठपर्वलाई साझा बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार